Logo
१५ बैशाख २०८१, शनिबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघी महोत्सव सम्पन्न, थाकस र थारु युवा सभा बिराटनगरको संयुक्त प्रयास

एल एन गच्छदार/बहुभाषिक, बहुधार्मिमाघी महोत्सव सम्पन्न, थाकस र थारु युवा सभा बिराटनगरको संयुक्त प्रयासक, बहुसांस्कृतिक, जैविक बिबिधताले धनी मानिएको देश । नेपालको जनसख्याका हिसाबले चौथो स्थानमा रहेको थारु समुदाय संस्कतिका धनि समुदायको रुपमा मानिन्छ । थारु समुदाय आफ्नै मौलिक धार्मिक, साँस्कृति, भाषा, भेषभुषा र मौलिक खानापानमा अलग पहिचान बोकेको छ ।

थारु समुदायको जनसख्या बढी कृषि पेशामा आधारित छन्। बर्षभरिको अन्नबालि भित्राएरको उपलक्ष्यमा समेत माघी मनाईछ भने यो पर्वमा नयाँ आर्थिक वर्ष, घर सल्लाह गर्ने पर्व, अगुवा चुन्ने पर्व, छोरी चेलीलाई उपहार दिने पर्व, सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गर्दछ ।

बिराटनगरको माघीमा १० हजार भन्दा बढीले अवलोकन गरे एलएन गच्छदार मोरङ माघ ५ गते, आइतबार – थारु कल्याणकारी सभा मोरङ जिल्ला र थारु युवा सभा महानगर समिती बिराटनगरको संयुक्त आयोजनामा भएको १ दिने माघी महोत्सवमा १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन। प्रवेश शुल्क नि:शुल्क भएको उक्त १ दिने माघी महोत्सवमा मोरङ, सुनसरी, उदयपुर जिल्लाबाट समेत सहभागीता जनाएको थियो। आफ्नो भेषभुषा, जातियता झल्किने पौराणिक समाग्रीको समेत प्रदर्शनी रहेको उक्त माघी महोत्सवमा १५ वटा भन्दा बढी स्टल रहेको थियो। स्टलमा थारु परिकार घोघी, बगिया, भक्का, माछा , परेवा, हासं र सुगुरको मासु लगायत अन्य खाजाको स्टल थियो भने बिराट शिक्षण अस्पतालले नि:शुल्क स्वास्थ्य शिबिर समेत गरिएको थियो।
महोत्सवको समुदघाटन गर्दै प्रदेश १ का सांसद माननीय चुमनरायण तबदारले संस्कृति संरक्षणमा जोड दिदै आफ्नो निर्वाचित क्षेत्र सुन्दरहरैंचामा १ करोड, बुढीगंगामा १ करोड ५० लाख र बिराटनगर वडा नं. ४ मा १ करोड बिकास निर्माणको लागि छुट्याईसकेको भन्नू भयो। माघिले थारु एकताको सन्देश, सदभाव शुभकामना साटासाट गर्ने पर्वको रुपमा मात्र होइन यो पर्वले वसन्त रितुलाई स्वागत गर्दै थारु संस्कृतिको बिकास गर्न र संरक्षण गर्न उद्देश्यले समेत महोत्सव आयोजना गरेको हो।

भ्रमण वर्ष २०२० लाई स्वागत गर्दै थारुहरुले माघी पर्वलाई थारु नयां वर्ष २६४३ लाई समेत स्वागत गरेका छन। माघीको महत्वका बारेमा हौलि परिवार मोरङ सुनसरीका अध्यक्ष श्रवण सुतिहारले भन्नू भयो।

महोत्सवमा मोरङ जिल्लाका थारु कल्याणकारी सभाका बिभिन्न भातृसंगठनले आ-आफ्नो जातिय भेषभुषाका झांकी र पौराणिक समाग्री समेत प्रदर्शनी गरिएको थियो। थारुसमुदायले माघी पर्व पुस मसान्त देखि माघ पहिलो सता सम्म मनाउने गर्दछ्न। महोत्सवमा संस्कृति झल्किने थारु नृत्य साथै थारु समुदायका चर्चितकलाकार राजेन्द्र खां, प्रकाश माझी, गिता चौधरी लगायत कलाकारको प्रस्तुति थियो ।

पहिलो महोत्सव पर्पल हेजमा गरिएको थियो भने दर्शकको भिड थाम्न नसकेर बिगत २ वर्षदेखी खुल्ला खेतमा गरिदै आएको छ। थारु कल्याणकारी सभाका मोरङ जिल्ला अध्यक्ष प्रदिप भगतको सभाध्यक्षता भएको उक्त कार्यक्रम महोत्सव अवलोकनकर्तालाई स्वागत गर्दै भन्नू भयो। थारु समुदाय कला संस्कृतिका धनी मानिन्छ। आफ्नो कला संस्कृतिलाई जिवन्त दिन यसकिसिमको कार्यक्रम थप उत्साह थप्ने छ भने यसबाट बिकृती भित्र्न सक्ने कुरामा पनि सचेत हुन जरुरी देखिन्छ ।

महोत्सवमा कुनै पनिको मदिराजन्य पदार्थ बिक्री गर्न रोक लगाएको थियो भने एक स्टल ले मन्दिर निर्मान्थको निशुल्क बगिया र अचार समेत स्वाद चाख्न दियो। कार्यक्रम थारु कलाकारहरुलाई सम्मान समेत गरिएको थियो भने महोत्सव बिहान १० बजेबाट खुल्ला गरि बेलुका ८ बजे सम्म चलेको थियो।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्