Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी वडा नम्बर ६ र १२ ले ५०० कम्बल वितरण गर्‍यो

सुनसरीको दुहबी वडा नम्बर ६ र १२ ले आज ५०० थान कम्बल वितरण गरेको छ । आज एक कार्यक्रमका बिच जेष्ठ नागरिक, एकल महिला,दलित,असहायहरुलाई कम्बल वितरण गरिएको
हो । कम्बल वितरण गर्नु हुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबीको सबै वडामा अशक्त असहायहरुका लागि स्वास्थय चौकी स्थापना गर्ने अबधारणा अगि सारिएको बताउनु भयो ।

दुहबी ६ का वडाध्यक्ष मुन्ना हलुवाइले पारदर्सी ढंगबाट प्रत्यक्ष देखिने खाल्का यस्तै कार्यक्रमहरु ल्याउने बताउनु भयो ।
आज दुहबी वडा नम्बर ६ ले २३८ थान र दुहबी १२ ले २६२ थान कम्बल वितरण गरिएको जनाइएको छ । उक्त कार्यक्रम मा स्थानीय राजनितिक दलका नेता,समाजसेवि लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्