Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ९ लाई पराजित गर्दै दुहबी ११ उपाधी नजिक फाइनलमा प्रबेश

सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिता को बुधबार भएकोे दोस्रो सेमिफाइनल खेलमा दुहबी वडा नम्वर ११ ले दुहबी वडा नम्वर ९ लाइ ट्राइबेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय ८० मिनेट सम्म दुबै तर्फबाट गोल रहित बराबरी भएपछि ट्राइबेकरको साहारा लिइएको थियो ।
ट्राइबेकरमा दुहबी ११ का खेलाडीहरु मनिन्द्र चौधरी,उसर लाल रिसीदेब, बिजय उराँव र इन्द्र कुमार उराँवले गोल गरे ।
दुहबी वडा नम्बर ९ का खेलाडी आश नारायण चौधरी र डोमा मियाले गोल गरे । दुहबी ९ का खेलाडी सुबोध माझी र कृष्ण कुमार चौधरी गोल गर्न बाट चुके पछि दुहबी ११ ले जित हासिल गरेको हो । खेलको उत्कृष्ट दुहबी ११ का गोल रक्षक श्रबण कुमार उराँव ले नगद १ हजार सहित मेडल प्राप्त
गरे ।

शुक्रबार हुने फाइनल खेलमा दुहबी वडा नम्बर १० र दुहबी वडा नम्बर ११ मध्ये प्रथम हुनेले उपाधी सहित १ लाख नगद र उप बिजेताले ५० हजार पाउनेछन् । दुहबी नगर पालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा पौष २१ गते प्रतियोगिता सुरु भएको थियो ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्