Logo
०४ माघ २०७६, शनिबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजा महेन्द्रकै पथमा प्रचण्ड : पहिचानसँगै शान विसर्जन

कुशुम भट्टराई

मित्र रविन सायमीको यो कार्टूनले लाखौं शब्दले भन्ने कुरा बोलेको छ । रविनलाई सलाम छ ।
पहिचानको मुद्दा उठाएर जनजातीलाई युद्धको बलिबेदीमा होमी १७ हजार नेपालीको चिहानमा फूलेको फूलको रस चुस्दै चियर म्यान प्रचण्डजीले अन्ततः पहिचानलाई बागमतिमा सेलाएर नदिका नाममा प्रदेशहरु कायम गराई राजा महेन्द्रकै पथ पछयाउनुभयो ।

महानायक, जन नेता, राजनेता हुन त साहस, अडान र नयाँ विचार चाहिन्छ, प्रचण्ड रुपी हाउगुजीको हुती पनि अन्ततः स्खलीत भएछ । छोरीलाई मेयर, बुहारीलाई मन्त्री, नातागोतालाई लाभका पद,  आर्थिक र मिडिया माफीया, सत्ताको आडमा आफ्नो सुरक्षा, अस्थीर र ढुलमुले राजनीतिमै रमाएका प्रचण्डलाई अब पहिचानको मुद्दा किन चाहियो ?

अब उहाँ एमसीसी पास गरेर साम्राज्यबादी र विस्तारबादीका पक्का बफादार ‘बडा हाकिम’ हुने ताकमा हुनुहुन्छ । र, पहिचानको मुद्दालाई छाडने यो अभियानमा जनजाती नेताहरु वर्षमान पुन अनन्त, नन्दकिशोर पुन, ओनसरी घर्ती, देव गुरुङलगायतले पनि प्रचण्डसँगै सति गएको परिदृश्यमा या त समग्र जनजाती समुदायले पहिचानको मुद्दा परित्याग गरेका छौं भनेर बृहत सम्मेलनमार्फत घोषणा गर्ने, हैन भने जनजातीलाई पुनसंगठीत गर्दै पहिचानको आन्दोलन थाल्नेबाहेक अर्को विकल्प छैन ।

संघीयता जुन मर्म र भावका दुहाई दिएर लागू गरियो, त्यसको सारमा नदि, पहाड, हिमाल या अन्य कुनै निर्जिव चिजका आधारमा हैन, जनताको संस्कृति, भाषा, सभ्यता र परम्पराको पहिचानका आधारमा हुनुपर्छ भन्ने थियो । नदिकै नाममा प्रदेश नामाकरण गर्ने हो भने सँघीयता खारेज गरेर १४ अँचल, ७५ जिल्ला र पाँच विकास क्षेत्रको राजा महेन्द्रको अवधारणा नै लागू गर्नु उत्तम हुन्छ ।

संघीयताको मर्मविपरीतको यस्तो बेढंगको, खर्चिलो, देशलाई विखण्डतर्फ धकेल्ने, राजनीतिक अस्थीरता निम्त्याइरहने, प्रदेश सरकारलाई बसमा पारेर विदेशी सहयोगका नाममा परचक्रीहरुको हस्तक्षेप र चलखेल बढने खालको संघीयता मुर्दाबाद । पाँच विकास क्षेत्रको अवधारणा जिन्दाबाद ।

कुशुम कुशुमको फेसबुक वालबाट

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार ०९:२७

प्रतिक्रिया दिनुहोस्