Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकुमारको प्रश्न : मेरो आफ्नै देशमा नेपाली हुन अझै कति बर्ष लाग्छ मलाई ?

आज हेटौंडाबाट काठमाडौ यात्राको लागि टाटा सुमो स्ट्यान्डमा गएं । त्यहाँ टिकट काट्ने भाईले मलाई हिन्दीमा बोलएको बोलाए भयो ।

मैले भने – ‘ए भाइ म नेपालकै हो र मलाई नेपाली मज्जाले बोल्न आउँछ किन हिन्दीमा कुरा गरेको म सित?’ त्यतिकै गाडीको गुरुजीले मलाई,- ‘ए भैया बस्नु गाडीमा भनी हाल्नु भयो ।’

अनि टिकट काट्ने भाइले अझै के भन्नू भो भने -‘किन टेन्शन लिनु भाको यो गाडीको बिचमा बस्ने तपाईंकै जातको तीन जना छन ।’

मेरो दिमागमा आएको प्रश्न, यो जुनिमा आफ्नै देशको नेपाली हुने सौभाग्य मलाई प्राप्त हुन्छ कि नाई? नेपालमा जन्म लिएर र नेपाली नागरिकता प्राप्त गरेर मात्र नेपाली हुन न पाइने रहेछ मेरो देशमा !

भैयाबाट भाइ र हिन्दीबाट नेपाली कहिले हुने हो कुनि? गुनासो कसै सित छैन, आफ्नो मनको पीडा मात्र पोखेको हो ।

#अधिकारकर्मी राजकुमार महतोको फेसबुक वालबाट

 

राजकुमार महतो

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्