Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साजिलाल मा बि को ५४औं वार्षिकोत्सव आज बाट सुरु

शिव भट्टराई,प्रदेश एक स्थित मोरङको सुन्दरहरैचा ६ मा रहेको साजिलाल मा बि ले आफ्नु ५४ औं वार्षिकउत्सव तथा अभिभाबक दिवस आज बाट सुरु गरेको छ।दुई दिन सम्म चल्ने सो कार्यक्रमको आईतबार उद्घाटन भएको थियो।

कार्यक्रममा ctevt १ नं प्रदेश का निर्देशक शिव प्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै
कार्यक्रम विद्यालय ब्यबस्थापन समितीकी अध्यक्ष गिता शर्मा घिमिरे को अध्यक्षता मा भएको थियो भने कार्यक्रममा उपप्रमुख धनमाया तामाङको विशेष आतिथ्यता रहेको थियो। त्यसैगरी अतिथिहरुमा बाबुकृष्ण दाहाल , जीवन कुमार राई लगायत समाजसेवी बुद्धिजीवी तथा शिक्षाबिदहरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न बिधा मा उत्कृष्ट हुने बिद्यार्थी हरु लाई पुरस्कार बितरण , अक्षयकोष छात्रवृत्ति बितरण , राष्ट्रिय सेवादलका बिद्यार्थीहरु को प्रस्तुती आज को कार्यक्रम मा रहेको थियो।

यस्तै भोलि ३० गते विद्यालय को वार्षिक प्रतिबेदन प्रस्तुत , वार्षिक मुखपत्र बिमोचन , राष्ट्रिय सेवा दल का बिद्यार्थी हरु को प्रस्तुति र विभिन्न मनोरञ्जन तथा सास्कृतिक कार्यक्रम गरि भव्यतापूर्वक वार्षिकउत्सव कार्यक्रम समापन गरिने प्र अ कल्याण सिटौला ले जानकारी दिएका थिए भने कार्यक्रम को सन्चालन शिक्षक श्याम भट्टराईले गरेका थिए।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्