Logo
१५ बैशाख २०८१, शनिबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्द्रपुर जेसिसको १८ औँ बार्षिक साधारण सभा

एलएन गच्छदार /“कि शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ “ भन्ने मूल नाराका साथ १८ देखि २० वर्षका उर्बर युवाहरुको संस्था इन्द्रपुर जेसीजले मोरंगको सुन्दरहरैंचा नगरपालिका – ४ स्थित गोकुल रिसोर्टमा १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

जेसीज २००५ का पुर्व अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो । ढकालले आफ्ना भनाइ राख्दै बिगतको जेसीजको दु:खलाई स्मरण गर्दै, ट्रकमा चढेर जेसीजको महाअधिवेशनमा गएको बताउदै इन्द्रपुर जेसीजमा नभएको भए नगर प्रमुख नहुने धारणा व्यक्त गर्दै, आज जुन स्थानमा छु, त्यो स्थान जेसीजले दिएको बताए । सकारात्मक सोच छैन भने त्यो व्यक्ति जेसिसको सदस्य नहुने र जेसिजले आफुलाई चातुर्य कला, धेर्यवान र सहनशीलताको पाठ सिकाएको र राजनीति संस्कार सहित नगपालिकाको जिम्मेबारी लिएर अघि बढेको बताए। मेयर ढकालले सामाजिक कार्य गर्न नगरले प्रशस्त बजेट बिनियोजन गरेको र इन्द्रपुर, गछिया जेसिस लगायत अन्य संघ संस्थालाई सहकार्य गरि अगाडी बढ्न समेत अनुरोध गरेका छन् ।

आजको कार्यक्रममा इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकालले राजनीतिक, धार्मिक, सांस्कृतिक तथा लैंगिक विधिबाट जेसीज माथि उठी सकारात्मक सोचका साथ अघि बढेका युवा शक्तिलाई श्रेय जाने र इन्द्रपुर जेसीज धनीहरुको संस्था हो भन्ने भ्रम चिर्न सफल भएको बताए ।

इन्द्रपुर जेसीजले वर्ष २०१९ मा खुल्ला रक्तदान, गछिया पथरी, बेलबारी जेसीजसंग संयुक्त आयोजनामा मल्टी च्याप्टर तालिम, होलि मिलन कार्यक्रम, राहत वितरण कार्यक्रम, एरिया ए ब्याडमिन्टन प्रतियोगिता, तिज बिशेष, एरिया ए सम्मेलन, इन्द्रपुर जेसीज क्विज तथा जेसीज सप्ताह २०१९ लगायत कार्यक्रम गर्न सफल भएको थियो ।

त्यसैगरि आफ्नो बिकास नभए जेसीजको सदस्यता लिनुको औचित्य नरहेको र जेसीज अभियान कुनै राजनीतिक पार्टीको संगठन नभएको र बिशुद्ध सदस्यको क्षमता बिकास गर्नु हो भन्दै बर्ष २०१५ का पुर्व अध्यक्ष डिल्ली प्रसाद ढकालले आफ्ना धारणा राखेका थिए ।

१८ औं बार्षिक साधारण सभाले वर्ष २०२० का लागि नयाँ कार्यसमिति समेत प्रदान गरेको छ । आगामी कार्यकालका लागि अध्यक्ष गणेश प्रसाद भट्टराई, दुई जना कार्यकारी उपाध्यक्ष आकाश दुलाल र बिनोद भट्टराई, त्यसै गरि सचिवमा निर्मल अधिकारी, चार जना उपाध्यक्ष समिर बस्नेत, रमेश खतिवडा, तिर्थ प्रसाद गुरांगाई, बबिता दाहाल र जन सम्पर्क अधिकारी प्रभा ढकाल चयन भएका छन् । निर्वाचन प्रमुखमा इन्द्रपुर जेसीज बर्ष २०१८ का पुर्व अध्यक्ष रुद्र थापा र सदस्यमा बर्ष २०१७ का पुर्व अध्यक्ष सारदा ढकाल रहेको थियो । महासचिव, कोषाध्यक्ष, कानुनि सल्लाहकार लगायत अन्य पदमा मनोनयन गर्न बाँकी रहेको छ ।

सन २००२ मा स्थापना भएको इन्द्रपुर जेसीजले हाल सम्म एक जना संस्थापक अध्यक्ष गरि १७ जना अध्यक्ष प्राप्त गरिसकेका छन् भने इन्द्रपुर जेसीजले एक जना राष्ट्रिय अध्यक्ष समेत दिएको छ ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्