Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजनावद्ध तरिकाले कौडीको भाउमा विमान बेच्दै मदन खरेल

नेपाल वायु सेवा निगमको वाइडबडी विमानलाई सेतो हात्ती बनाएर संस्था नै धराशायी बनाएका कार्यकारी अध्यक्ष मदन खरेलले योजनावद्ध तरिकाले करोडौं कुम्ल्याउने रणनीति बनाएको खुलेको छ ।

निगमसँग रहेको पुरानो विमान बेच्ने नाममा करोडौं कुम्ल्याउने रणनीति बनाइएको खुलेको हो । झण्डै एक अर्ब मूल्य पर्ने विमानलाई आधा अर्बमा बेच्ने र कमिशन प्राप्त गर्ने योजनामा खरेल स्वयं सहभागी भए ।

यसमा केही हवाई क्षेत्रका हस्तीहरु समेत संलग्न भएका छन् । विमान खरिद कम्पनि खोजेर बेच्न ठिक्क पारेर कानुनको छिद्र प्रयोग गरिएको छ ।

शुरुमा नाटकीय तरिकाले बोलपत्र आव्हान गरियो । विगत एक वर्ष देखि ग्राउन्डेड बोइङ ७५७-२०० विमान विक्रीका लागि बोलकबोलका लागि सूचना प्रकाशित गरिएको थियो ।

८५ करोड मूल्य राखेर सूचना प्रकाशित गर्नुमा कसैले प्रक्रिया नबढाउन् भन्ने उद्देश्य निहित थियो । जसका कारण उक्त मूल्य तिर्न कुनै कम्पनि आएनन् । यो सबै प्रायोजित थियो ।

दुई पटक सूचना प्रकाशित गर्दा पनि नआएको देखाएर अब सहमतिबाट विक्री गर्ने नीति बनाइएको छ । यसका लागि ४८ करोड मूल्य तोकेर विक्रीको पहल थालिएको छ ।

यो सबै केही हवाई माफियाको योजना बमोजिम भएको हो जसमा मदन खरेलले व्यवस्थापन मात्र गरेका हुन् । निगमको नियम अनुसार विमान विक्री वा लिलाम गर्दा ४५ दिनको सूचना दिई तीनपटक सम्म राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने भनिएको छ ।

कार्यविधिमा उल्लेख भए अनुसार १५ दिनको अन्तरमा सूचना प्रकाशित गर्दा पनि विक्री गर्न नसके आपसी वार्ताको माध्यमले सिधै विक्री गर्न सकिने निगमको कार्यविधिमा उल्लेख छ ।

यही नियम पूरा गरेर सहमतिबाट विमान विक्री गर्ने तयारी भएको हो । विमान खरिद गर्ने कम्पनि समेत कही हवाई क्षेत्रका व्यवसायीहरुले तयार पारिसकेका छन् । अब खरेल प्रक्रिया मिलाएर कमिशनसहित विमान बेच्न अगाडि बढेका छन् ।

विगतमा एउटा विमान यसरी नै बेचिएको थियो । इन्जिनको मूल्यभन्दा कम मूल्यमा विमान बेचेर निगमका पदाधिकारीले कमिशन लिएको चर्चा चल्यो ।

अहिले पनि प्रक्रिया मिलाएर करोडौंको कमिशन मिलाउने तयारी लगभग पूरा भइसकेकोछ । विमान विक्री वाध्यात्मक अवस्था देखाएर कौडीको भाउमा बेच्ने योजना बनाइएको खुलिसकेको छ ।

अबको चार महिनाभित्र विमान बेच्नैपर्ने वाध्यता छ । एक वर्ष देखि ग्राउन्डेड भएको र त्योभन्दा धेरै वर्ष अघि देखि बेच्ने प्रयास भएको विमानमा नियमसंगत तरिकाले सूचना प्रकाशित गर्न समेत ढिलाई गरिएको छ ।

सूचना प्रकाशित गर्दा विमान खरिदका लागि कोही तयार नभएको निगमले दाबी गरेपनि केही कम्पनिहरुले चासो देखाएपनि हवाई माफियासँग साँठगाँठ गरेका निगमका पदाधिकारीले निरुत्साहित पारेको बुझिएको छ ।

कार्यकारी अध्यक्ष मदन खरेलले निगमलाई विदेशी कम्पनिसँग साझेदारीको नीति समेत अगाडि सारेका छन् । निगमलाई घाटामा पुर्याउने, घाटामा देखाउने र विदेशी कम्पनिको हातमा पुर्याउने योजना वर्षौंको हो ।

यसलाई सफल बनाउन हवाई माफियाले खरेललाई निगममा स्थापित गरेको खुल्दै गएको छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्