Logo
२६ बैशाख २०८१, बुधबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै एकै दिनमा किलोको ३० रुपैयाँ बड्यो

काठमाडौं : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै एकै दिनमा किलोको ३० रुपैयाँ बढेको छ ।

काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन तर प्याजमा भने एकै दिनमा ३० रुपैयाँसम्म मूल्य बढेको छ ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । अहिले नै मूल्य नबढ्नु पर्ने हो तर व्यापारीहरुले आउँदा नै मूल्य बढेर आएको श्रेष्ठले बताए ।

कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुँदै आएको थियो । सोमबार भने २० टन मात्र आएको छ ।

नेपाल बजारको करिव ९० प्रतिशत माग भारतबाट आयात गरिने प्याजले धान्न गरेको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारको माग घरेलु उत्पादनले धान्दैन । भारतको विकल्पमा चिनियाँ प्याज आउनसक्छ ।

केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ । नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्