Logo
२६ बैशाख २०८१, बुधबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा नगरप्रमुखको कार्यकक्षमा आगजनी

सांकेतिक तस्बिर

धनगढी :  कैलालीको लम्कीचुहा नगरपालिकास्थित नगरप्रमुखको कार्यकक्षमा आगजनी गरिएको छ । गए राती भएको आगजनीमा अज्ञात समूहको हात रहेको बताइएको छ ।

नगरप्रमुखको कार्यकक्षको पछाडी पट्टीको झ्याल फोडेर पेट्रोल छर्की आगजनी गरिएको घटनास्थल पुगेका स्थानीय पत्रकार प्रिन्स विकले जानकारी दिए । उनका अनुसार घटनास्थलमा झ्याल तोड्न प्रयोग भएको हतौडा र पेट्रोल प्रयोग गरेका बोतलहरु भेटिएका छन् ।

आगजनीबाट नगरप्रमुखको बस्ने कुर्सी, ईन्भटर, एसी लगायत केही कागजात जलेर नष्ट भएका छन् । आगजनी कसले किन गर्यो भन्नेबारे अहिले खुल्न नसकेको नगरप्रमुख महादेव बजगाँईले बताए । राति नै आगजनी भएको भएपनि आज बिहान कार्यालय खुलेपछि मात्र आगजनी भएको थाहा भएको नगरप्रमुख बजगाँईको भनाई छ ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले आगजनी भएको तर के कती कारणले आगजनी भएको भन्नेबारे खुल्न नसकेको बताए । उनले त्यसबारे अनुसन्धान भईरहेको बताएका छन् ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्