Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष क्यामरा र नयाँ फिचर्ससहित एप्पलले ल्यायो आइफोन ११

आइफोन निर्माता कम्पनी एप्पलले आइफोनको नयाँ संस्करण आइफोन ११ बजारमा ल्याएको छ । नयाँ फिचर्सका साथ एप्पलले आइफोनको नयाँ संस्करण आइफोन ११ सार्वजनिक गरेको हो ।

आइफोन ११ मा नयाँ र आकर्षक फिचर्सहरु देख्न सकिन्छ जस्तै कि यसअघिका संस्करणमा भन्दा बढी क्यामरा र प्रोसेसर छन् । आइफोनको नयाँ प्रोसेसरको अपडेट यसअघिको भन्दा तीव्र रहेको र ब्याट्री पनि कम खर्च हुने जनाइएको छ ।

एप्पलका अनुसार नयाँ संस्करणको आइफोनका दुई प्रो मोडलहरु (आइफोन ११ प्रो, आइफोन ११ म्याक्स) को ब्याट्री क्षमता आइफोन एक्सएसको भन्दा ४ देखि ५ घण्टा बढी रहेको छ । तर नयाँ आइफोनमा फाइभ जी को सुविधा भने छैन ।

नयाँ आइफोनमा अल्ट्रावाइड रेअर क्यामरा छन्, जसले टू एक्स अप्टिकल जूम आउट गर्न सक्छन् । प्रो मोडलका आइफोनमा टेलिफोटो नर्मल लेन्स रहेको छ, जुन यस अघिको आइफोन एक्सएस र एक्स एस म्याक्समा पनि थियो । तर आइफोन ११ को बेसिक संस्करणमा भने अल्ट्रावाइड र स्ट्यान्र्ड लेन्स मात्रै छन् ।

यस्तै एप्पलले नयाँ नाइट मोड पनि समावेश गरेको छ, जस अनुसार आवश्यक परेका बेला स्वतः तस्बिरको प्रकाश बढ्छ । यस्तै फिचर गुगल, सामसुङ र हुवाईले यसअघि नै आफ्ना फोनमा समावेश गरेका थिए ।

आइफोन ११ को मूल्य यसअघिको संस्करणको भन्दा केही कम छ । यसको स्टोरेज क्षमता अनुसार ७२९ देखि ८७९ पाउण्ड स्ट्रर्लिङ्गसम्म रहेको छ । तर प्रो मोडलका फोनहरु भने आइफोन एक्सएस संस्करण भन्दा केही महंगो छ । प्रो मोडलका फोनको मूल्य १ हजार ४९ देखि १४ सय ९९ पाउण्ड स्ट्रर्लिङ्गसम्म पर्ने छ ।

अबको १० दिनपछि यी फोन बजारमा बिक्रीमा जाने छन् ।यस्तै एप्पलले स्मार्ट वाचको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्