Logo
२६ बैशाख २०८१, बुधबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने

प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा-काठमाडौँ) को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले रु ५ लाख पाउनेछ । यस्तै द्वितीय पुरस्कार रु ३ लाख, तृतीय पुरस्कार रु १ लाख, चौथो पुरस्कार रु ५० हजार रहेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही रु १०-१० हजार हात पार्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्