Logo
१९ बैशाख २०८१, बुधबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुर-बर्दिवास तोकिदै

जनकपुर : तराई-मधेशको ८ ओटा जिल्ला मिलाएर बनोको प्रदेश २ को नामांकरण र स्थायी राजधानीका राजनीतिक दलहरुले गृहकार्य बैठक तिब्र पारेको छ ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा प्रस्ताव आह्वान गरेसँगै राजनीतिक दलहरुको बैठक बसेर आन्तरीक छलफललाई तिब्र पारेका हुन् ।

प्रदेशको नामांकरण र स्थायी राजधानी तोक्नका लागि प्रदेशसभा सचिवालयले बिहीबार आज० सम्मका लागि प्रस्ताव पेश गर्न सुचना जारी जारी गरेको हो ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्नबारे छलफलका लागि विभिन्न दलका प्रतिनिधिहरु ब्यस्त रहेकाछन् । प्रदेश २ को स्थायी राजधानी र नामाकरणबारे अन्तिम निर्णय लिन बसेको सत्तारुढ राजपाको बैठकले सर्वसहमतीबाट प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्ने निर्णय गरेपनि राजधानीको विषयमा भने एकमत हुन नसकेपछि राजधानीबारे निर्णय थाँती राखेर बैठक समपन्न भएको छ ।

यसअघि हिजो नेकपा संसदीय दलको बैठकमा प्रदेशको नामाकरणबारे फरक–फरक धारणा आएपनि औपचारीक रुपमा नामाकरण र राजधानीबारे कुनै निर्णय लिन सकेको छैन् ।

नेपाली काँग्रेसले पनि औपचारिक रुपमा नामाकरण र राजधानीबारे निर्णय लिनसकेको छैन । यद्यपी सत्ताधारी दलहरुले भने प्रदेश २ को नामा मधेश प्रदेश र स्थायी राजधानी जनकपुर-बर्दिवास तोक्न सबै तयारी पुरा गरिसकेको छ ।

राजधानीको विषयमा केहि मतभिन्नता भएपनि बहुबतबाट जानकपुर-बर्दिवास नै तोकिनेमा सहमती भएको श्रोतको दावी छ ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्