Logo
२६ बैशाख २०८१, बुधबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वयुवराज पारस साह विरुद्ध उजुरी: प्रहरी अधिकारीमाथि हात-पात गरेर अपराध गरेको आरोप

पूर्वयुवराज पारस साह विरुद्ध उजुरी परेको छ । विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीमाथि हात–पात गरेको आरोपमा कारवाहीको माग सहित उजुरी परेको हो ।

शाहविरुद्ध विमानस्थल सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीले आफ्रलाई धकेलेर हातपाट तथा दुर्व्यवहार गरेको भन्दै हदैसम्मको कारवाही माग गर्दै उजुरी दिएका हुन ।

उनले विमानस्थल प्रहरी प्रमुख मार्फत प्रहरी हेडक्वाटरलाई बोर्दाथ गर्दै उजुरी दिएका हुन् ।

वर्दी लगाएर सुरक्षाकार्यमा खटेका प्रहरीमाथी गुण्डा शैलमिा हातपात गर्नेलाई कारवाही भएन भने भोलीका दिनमा थप यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रहरीको आत्मसम्मानलाई कायम राख्न पनि कारवाही आवश्यक रहेको भन्दै उनले उजुरी दिएका हुन् ।

महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा कार्यरत प्रहरी नायब निरीक्षक खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका हुन्।

थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई छातीमा हात लगाए धकेलेका थिए ।

पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो दिउँसो १ बजेतिरको घटना थियो। विमानस्थल प्रहरीका अनुसार शाह सरासर आएर सई खत्रीलाई धकेलेका थिए।

‘उहाँ विदाइको लागि आउनुभएको रहेछ, भीडभाड बढी थियो, त्यहीबेला मलाई धकेल्नुभयो,’ खत्रीले भनेका छन् ‘भीडभाडका कारण किन धकेल्नुभयो भन्ने तत्कालै सोधीखोजी गर्ने अवस्था थिएन। तर यसघटनाबाट मेरो मनोवल घटेको छ ।’

दुई साताअघि पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड गएका थिए। बुहारी हिमानी पनि उतै छिन्। आइतबार कोमल पनि थाइल्यान्ड गएकी हुन्।
कोमललाई पुर्‍याउन नाति हृदयेन्द्र, प्रेरणाका छोरासहित पारस पुगेका थिए।

विमानस्थलमा पूर्व राजपरिवारको पक्षमा नाराबाजी गर्दै केहि समर्थक त्यहाँ पुगेका थिए।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्