Logo
२६ बैशाख २०८१, बुधबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसुङ ग्यालेक्सी नोट १० को सीरिज सार्वजनिक, ‘फाइभ-जी’का साथै ट्रिपल क्यामेरा

न्यूयोर्कमा भएको एक कार्यक्रमकाबीच सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक गरिएको छ । प्रयोगकर्ताहरुको पर्खाइमा रहेको सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक भएको हो ।

६.३ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी नोट १० मा एस पेनको फिचर उपलब्ध छ भने ग्यालेक्सी नोट १० प्लसमा ६.८ इन्चको डिस्प्ले रहेको छ । अन्तराष्ट्रिय बजारमा ८ जिबी र्याम तथा २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी नोट १० को मोडलहरु सार्वजनिक गरिएको छ ।

न्यूयोर्कमा यसको एलटीई भर्सनका साथ ‘फाइभ-जी’ वाला स्मार्टफोन सार्वजनिक गरिएको थियो । ग्यालेक्सी नोट १० मा माइक्रो एसडी कार्ड राख्ने स्लट भने उपलब्ध छैन । ग्यालेक्सी नोट १० प्लसमा भने माइक्रो एसडी कार्ड स्लट उपलब्ध रहेको छ । यसको सहयोगमा स्टोरेजलाई १ टिबीसम्म बढाउन सकिने छ ।

नोट १० प्लसमा १२ जिबी र्याम र २५६ वा ५१२ जिबी स्टोरेजको विकल्प रहेको छ । दक्षिण कोरियामा भने यसको ‘फाइभ-जी’ भेरियन्ट उपलब्ध रहने छ ।

ग्यालेक्सी नोट १० मा ३ वटा क्यामेराको सुविधा उपलब्ध छ : १६ मेगाफिक्सेलको अल्ट्रा वाइड क्यामेरा, १२ मेगापिक्सेलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेका छन् । यसका साथै १० मेगाफिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

ग्यालेक्सी नोट १० मा ३५०० एमएएचको ब्याट्री रहेको छ भने ग्यालेक्सी नोट १० प्लसमा ४३०० एमएएचको ब्याट्री रहेको छ । दक्षिण एसियाली बजारमा भने ग्यालेक्सी नोट १० र नोट १० प्लसको प्रि बुकिङ लिन शुरु भएको छ ।

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्