Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘फेस एप’ प्रयोग नगर्न प्रविधि विशेषज्ञको चेतावनी

अहिले सामाजिक सञ्जालमा चौतर्फी भाइरल भएको एप भनेको फेस एप हो । बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ भाइरल भएको छ ।

विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यस एपको उपयोग गरिरहेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । फेसबुकले पनि समयसमयमा जथाभावी एप्सहरु नचलाउन भन्दै आइरहेको पनि छ ।

‘फेस एप ओल्ड फिल्टर’ले तपाई बुढेसकालमा कस्तो देखिनुहुनेछ भन्ने तस्बिर देखाउने काम गर्दछ । ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ । यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरु बढ्दै गएका छन् ।

‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ । यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टि्फिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो । विश्वका केही चर्चित स्टारसहितका कयौँ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए ।

प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ । एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ । यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ । उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु । यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् ।

प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ ।यस एपका प्रयोगसँगैै सुरक्षा चुनौतिको सामना गर्न भने तयार हुनैपर्ने विज्ञको भनाइ रहेको छ ।

एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ । विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’

यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्बिरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ । यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ । एजेन्सी

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्