Logo
२६ बैशाख २०८१, बुधबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज हरिशयनी एकादशी, निराहार व्रत बसी घरघरमा तुलसी रोपिँदै

काठमाडौं :  आज असार शुक्ल एकादशी अर्थात तुलसी रोप्ने दिन हो । आज हिन्दू धर्मावलम्बीको घर-घरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।

यस दिन हिन्दू धर्मावलम्बीले निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । यसरीे दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ । आजबाट ४ महिनासम्म अर्थात हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन् । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुन्छन् ।
वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ ।

आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा काठमाण्डौंको फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठ मन्दिर लगायत मुलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्