Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माता छबी ओझा विरुद्ध अभिनेत्री शिल्पा पोखरेलले प्रहरीमा दिइन् उजुरी

काठमाडौं : चलचित्र निर्माता छबी ओझा विरुद्ध अभिनेत्री शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन् । श्रीमान ओझाबाटै असुरक्षा भएको भन्दै पोखरेलले प्रहरीमा उजुरी दिएकी छिन् ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्