Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुहारलाई सुन्दर बनाउन क्रिम हैन प्रयोग गर्नुहोस् यी ५ सामाग्री

मानिसको सुन्दरताको एउटा प्रमुख अंग भनेकै अनुहार हो । अनुहारलाई राम्रो पार्न महिलाहरु व्युटी पार्लर धाउँछन्, धेरै पैसा खर्च गर्छन् वा कुनै कस्मेटिक सर्जरी गर्छन् । तर अप्राकृतिक तरिकाभन्दा प्राकृतिक तरिका अपनाउँदा अनुहारमा थप सुन्दरता छाउँछ । तसर्थ हामीले मिलाएर खानेकुरा खाने हो भने त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।

सुन्दर अनुहारको लागि नछुटाइ प्रयोग गर्नुपर्ने कुरा यस्ता छन् –

१) कागती पानी :

कागती सहजै पाइन्छ । कागती पानीको नियमित सेवनले चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ । यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ । पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२) अण्डा :

अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन् । अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

३) मह :

मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४) स्ट्रवेरिज :

स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५) केरा :

महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ । यसले मोस्चराइजको पनि काम गर्दछ ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्