Logo
२६ बैशाख २०८१, बुधबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल चोरी गर्ने २ व्यक्ति पक्राउ

काठमाडौँ :  बालाजुमा प्रहरीले मोटरसाइकल चोरी गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका-८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् ।

उनीहरुले तार्केश्वर नगरपालिका-२ स्थित पार्किङ क्षेत्रमा राखिएको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए । उनीहरुलाई आज बिहान महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान अझै भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्