Logo
२६ बैशाख २०८१, बुधबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सोमबार सुनको भाउ २ सयले बढ्यो

काठमाडौं :  नेपाल बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन आइतबार ६० हजार प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ६० हजार २ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय थियो ।

सोमबार चाँदी भने प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्