Logo
|| May 14, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान बम बिस्फोट : ४ प्रहरीको मृत्यु, घाइतेको अवस्था निकै गम्भीर

सांकेतिक तस्बिर

इस्लामाबाद  :  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा ४ जना प्रहरी मारिएका छन् ।

प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छनत् । सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले ४ जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको जानकारी दिए ।

प्रान्तका प्रहरी प्रमुख मोहसिन हसन बटले मस्जिद बाहिर सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी बम बिस्फोट गराइएको बताए । मस्जिदमा साँझको समय स्थानीयहरु नमाज पढ्न लागेकै समय बिस्फोट भएको थियो ।

उनले मस्जिद बाहिर पार्किङ गरिएको मोटरसाइकलमा बम राखेर दूर नियन्त्रित साधन (रिमोट कन्ट्रोल )बाट बिस्फोट गराएको देखिएको बताए । निकै शक्तिशाली देखिएको उक्त बिस्फोटबाट ४ वटा सवारी साधनका साथै नजिकका दर्जनौं पसलमा क्षति पुगेको छ ।

प्रहरीले बिस्फोट नभएको अर्को एउटा बम पनि फेला पारेको थियो । उक्त बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार १३:५९

प्रतिक्रिया दिनुहोस्