Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्युटी टिप्स : यस्ता छन् मस्कराको प्रयोग गर्दा ख्याल राख्नुपर्ने कुरा

काठमाडौँ :  यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ ।

तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ ? कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ ? जस्तो मस्कराको कुरा गरौं । महिलाहरुले प्रयोग गर्ने विभिन्न मेकअप मध्य मस्कारा पनि एक हो । मस्काराले आँखालाई सही आकार दिएर ठूलो देखाउनुका साथै आँखालाई सुन्दरता कयौ गुणा बढाउँछ ।

त्यसैले त, जतिबेला आँखालाई सुन्दर देखाउने कुरा हुन्छ, तब महिलाहरुले आँखाको मेकअपकालाई आई लाइनर, गाजलको साथमा मस्कारा लगाउन छुटाउँदैनन् । मस्कारा भलै सामान्य लाग्न सक्छ । तर, यस्ता सामान्य कुराले पनि हाम्रो समग्र सौन्दर्यलाई प्रभावित बनाइरहेको हुन्छ ।

त्यसैले मस्कारा लगाउन पूर्ण मस्काराबारे यी कुराबारे जानिराख्न जरुरी छ ।

– मस्कारा खरिद गर्दा आफ्नो आवश्यकता अनुसार व्रशको चुनाव गर्नुपर्छ । किनकी मस्कारामा दुई तरीकाको ब्रश हुन्छ, एकले फूल भोल्यूम इफेक्ट अर्थात परेलालाई बाक्लो देखाउँछ भने अर्को हाई डेफिनिशन ल्यासेजले परेलालाई आकर्षक देखाउँछ ।

– मस्कारा खरिद गर्दा सुख्खा मस्कारा छ कि छैन भनेर ख्याल गर्न जरुरी छ ।

– मस्कारा खरीद गर्दा ब्रशलाई भित्र(बाहिर गर्नु हुन्न । अन्यथा, ब्रशमा हावा भरिएर मस्कारा विग्रन सक्छ ।

– दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्कारा खरीद गर्नु हुँदैन ।

– परेला बाक्लो भएमा क्लियर वा ट्रान्सप्यारेन्ट मस्कारा लगाउनु पर्छ । किनकी परेला बाक्लो भएमा त्यसलाई अझै बाक्लो बनाउनुपर्दैन । सेप मात्र दिए पुग्छ ।

– कन्ट्याक्ट लेन्सको प्रयोग गर्नेहरुले मस्कारा लगाउनु पूर्व नै लेन्सको प्रयोग गर्नु उचित हुन्छ ।

– मस्कारा लगाउँदा जरादेखि लगाउनु पर्छ ताकी परेला लामो देखियोस् ।

– मस्कारा लगाउँदा दाँया बायाँ फैलिएमा सुखेपछि मात्र पुछ्नुपर्छ । अन्यथा मेकअप खराब हुन सक्छ ।

– मस्कारा लगाउँदा जहिले वपन माथि फर्काएर मात्र लगाउनुपर्छ ।

– महिनौ अघिदेखि राखिएको मस्कारा जमेमा वा गाढा भएमा त्यसलाई पातलो बनाउन पानीको प्रयोग गर्नु हुँदैन ।

– आँखामा कुनै किसिमको एलर्जी भएमा पनि मस्कारा लगाउनु हुँदैन ।

– आँखा सानो भएमा कालो आइलाइनर वा मस्कारा लगाउनु हुँदैन । अन्यथा, आँखा अझै सानो देखिन्छ । त्यसैले यस्ता आँखामा जहिले पनि व्लु सेडको मस्कारा प्रयोग गर्नु पर्दछ ।

– आँखामा डार्क सर्कल भएमा आँखाको तल्लो परेलामा मस्कारा लगाउनु हुँदैन ।

– छालाको रङ्ग गोरो भएमा कालो मस्काराको सट्टा डार्क ब्राउन मस्कारा लगाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्