Logo
२६ बैशाख २०८१, बुधबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बगैचा र पार्किङ बनाइने

बिराटनगर : नोबेल शिक्षण अस्पताल परिषरमा नेपालमै पहिलो पटक ठूलो लगानीमा अन्तर्राष्ट्रियस्तरको बगैचा र पार्किङ बनाइने भएको छ ।

अस्पताललाई व्यवस्थित, स्वच्छ एवम् मनमोहक वातावरण बनाउन नोबेलले ३२ करोडको लागतमा बगैचा र पार्किङ बनाउँन लागेको हो ।

अस्पतालहरु मध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा.सुनिल शमाको भनाई छ । ‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ ।’ डा।शर्माले भने ‘अवको १५ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’

यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ । टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा।लि। र ड्रिम डेभलपर्स प्रा।लि।ले गार्डेन डिजाईन गरेका छन् । आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल भवन अगाडीको करिव ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुँनेछ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ ।

त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपाल/दारी काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्