Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौँ : चलचित्र ‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चिट डे’ बोलको गीतमा फिल्मकी नायिका सुहाना थापाको आकर्षक प्रस्तुतीलाई हेर्न सकिन्छ ।

गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा संगीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । यसअघि सार्वजनिक फिल्मका दुई गीतले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा सुहानासँग युवा स्टार अनमोल केसी प्रस्तुत भएका छन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म आउँदो शुक्रबार, चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्