Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओप्पोको ५ जी स्मार्टफोनलाई प्रदान गरियो ‘५जी सीई सर्टिफिकेट’

काठमाडौँ : ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोनलाई ‘५जी सीई सर्टिफिकेट’ प्रदान गरिएको छ।

‘स्पोर्टन ईन्टरनेसनल ईंक’द्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्रिर्ण भएकाले सर्टिफिकेट’ प्रदान गरिएको कम्पनीको भनाइ छ।

कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सिटिसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको जनाएको छ। एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओप्पोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन-डिसी कम्बिनेसन फाइभजी स्मार्टफोन भएको कम्पनीको दाबी छ।

फोनले विभिन्न देश तथा क्षेत्रमा लागू गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदा प्रदान गर्ने कम्पनीले जनाएको छ। यो सीई प्रमाणीकरणले ओप्पोका फाइभजी उपकरण युरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको कम्पनीले दाबी गरेको छ।

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायीकरणका लागि भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्