Logo
२६ बैशाख २०८१, बुधबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० हजार भन्दा बढीले लिए कृषि कर्जा : कसरी लिने र कुन बाली लगाउनेले पाउँछन् यो सुविधा ?

काठमाडौँ : सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिने कृषि कर्जा लिनेको संख्या अहिलेसम्म झण्डै साढे १० हजार पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म यस्तो कर्जा १० हजार ४ सय ८७ जनाले लिएका छन् ।

८८ करोड ५ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको यस्तो कर्जा १८ अर्ब ६४ करोड रुपैयाँ बक्यौता छ । बैंकहरुले आफ्नो आधारदरमा बढीमा २ प्रतिशतसम्म जोडेर यस्तो ऋण दिन सक्छन् ।

विशेषगरी बाणिज्य बैंकहरुले यस्तो ऋण प्रवाह गर्छन् । आधारदरमा २ प्रतिशतसम्म जोड्दा जति ब्याजदर हुन्छ त्यसमा पाँच प्रतिशत सरकारले नै तिरिदिन्छ । बाँकी ऋणीले तिर्नुपर्छ ।यो ऋण बिनधितो पाइन्छ ।

मकै, धान, गहुँ, केराउ, चना, भटमास, चिया, अलैची नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यस्तो ऋण पाउँछन् । अन्नबाली उत्पादन र प्रशोधनका लागि यस्तो ऋण लिन सकिने राष्ट्र बैंकले जनाएको छ । ऋण लिनका लागि पहिले फर्म वा कम्पनी दर्ता गर्नुपर्छ ।

आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर पनि लिनुपर्छ । बैंकले उपलब्ध गराएको ढाँचामा प्रक्रिया पुर्याएर ऋण माग गरे पाइन्छ । कागजात पुगेर पनि ऋण पाइएन भने राष्ट्र बैंकमा उजुरी गर्न पाइन्छ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्