Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओँठमा कालोपन छ ? चिन्ता नलिनुहोस सजिलो छ यसको घरेलु उपचार

काठमाडौँ :  अनुहारलाई सुन्दर बनाउने एक महत्वपूर्ण अंग भनेकै ओँठ नै हो । सुन्दरतामा निखार ल्याउने प्रमुख अंग ओँठ हो किनभने अनुहारका अन्य भाग राम्रो भए पनि ओँठकुरुप छ भने त्यसलाई सुन्दर मान्न सकिँदैन । धेरैजसो महिला र पुरुषले ओँठको कालोपनबाट निकै समस्या भोगिरहेको हुन्छन् ।

यो ओँठको कालोपन लुकाउन महिलाले लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गरेता पनि यस्ता सामाग्रीले ओठको कालोपन हटाउनुको साटो झन् बढाउँछ । तसर्थ यो कालोपनलाई हटाउन आवश्यक प्राकृतिक उपायबारे चर्चा गरौ :

१. दूधको तर :

ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस्। यसले केही दिनमै ओँठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ।

२. गुलाबको पत्ता :

ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ। यसलाई नियमित प्रयोग गर्नाले ओँठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ। यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस्।

३. कागती : 

कागतीले पनि ओँठको कालोपन हटाउँछ। यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओँठमा बिस्तारै रगडेर लगाउनुहोस्।

४. केसर :

काँचो दूधमा केसर मिसाएर पिसी ओँठमा लगाउनुहोस्। यसबाट ओँठको कालोपन हटी आकर्षक बन्छ।

५. मह :

महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओँठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस्। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ।

६. अण्डा :

अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ। यसको लेप लगाउनाले पनि ओँठको चमक बढ्छ।

७. जैतूनको तेल :

यदि ओँठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओँठ चिरिएको निको हुनेछ भने ओँठ हल्का गुलाबी पनि हुनेछ।

 

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्