Logo
२६ बैशाख २०८१, बुधबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पबजीमाथि लगाईयो प्रतिबन्ध

भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले छ । यो प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ ।

पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदी हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत उनीहरुलाई केही अत्तोपत्तो थिएन ।

पुलिस अधिकारी मनोज अग्रवालले उक्त शहरमा मार्च ६ देखि पबजी प्रतिबन्ध गरेका हुन् । बुधबार राजकोट स्पेशल अपरेशन ग्रुप (एसजीओ) ले तीन युवकलाई पुलिस मुख्यालयमा नजिकै पक्राउ गरेको थियो । उनीहरुलाई पबजी खेलिरहेका बेला नै पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्