Logo
२६ बैशाख २०८१, बुधबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधुनिक प्रेम : भावनात्मक मेल की शारीरिक खेल ?

ज्योति झा

हाम्रो देश भाषा, संस्कृति, चाडवाड, रितिरिवाज, भेषभुषा, पहिरन, परिकार र गीत संगित लगायत अनेकौं विविधताले सम्पन्न रहिआएको छ । हाम्रो देशको विशेषता यसको सम्पन्नता, यसको ऐतिहासिक, पुरातात्विक र संस्कृति गौरव हाम्रा विविधतामा झल्किएको छ । हामी लोक संस्कृतिमा धनी छौं ।

तर पछिल्लो समयदेखि युवा पिढीमा पश्चिमा संस्कृतिको बढि प्रभाव देखिएको छ । जसका कारण हाम्रो संस्कृति कहिं न कहिं कुनै न कुनै रुपमा लोप हुँदै गईरहेको छ । हुनत देशी होस वा विदेशी नै किन नहोस हरेक पर्वको पछाडी केहि न केहि कथा वस्तु हुन्छ नै र हामी हरेक पर्वलाई धुमधाम र मनोरञ्जनका साथ मनाउँछौं । चाहे त्यो दशैं, तिहार, भाईटिका, छठ, सरस्वती पूजा नै किन नहोस ।

तर अहिले बढि चलनचल्तीमा रहेको भ्यालेन्टाईन डेलाई अहिलेका यूवापिढीहरुले ठुलो पर्वको रुपमा बडो मनोरञ्जनका साथ मनाउँछन । अब कुरा यो आउँछ कि भ्यालेन्टाईन के हो र किन अहिलेका यूवापिढी यसतिर आर्कषित छन त ? भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस जसलाई हामी प्रेम दिवस पनि भन्ने गर्छौं ।

यसको शुरुवात ईसं २६९ रोमनबाट सुरु भएको थियो । यो दिवस सँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । रोमन सम्राटको पालामा रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्नमा रोक लगाएका थिए । वहाँको विचारमा प्रेमले मान्छेलाई कमजोर बनाउँछ र सैनिकले प्रेम वा विवाह गरेमा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भने डरले गर्दा क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराएर रोमनका पादरी सन्त भ्यालेन्टाईनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिवन्ध उल्लंघन गर्दै धेरै सैनिकको विवाह गराए । र यहि कारणले गर्दा सम्राटले उनलाई पक्राउ गरि मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा हुँदाखेरि सन्त भ्यालेन्टाईनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो र उनले आफ्नो दुबै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्विकार गरेका थिए ।

उनलाई सन २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो र यहि दिनको सम्झनामा सन्त भ्यालेन्टाईनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक बर्ष १४ फेब्रुअरीमा प्रेमदिवसको रुपमा भ्यालेन्टाईन्स डे मनाउने गरिएको छ । के प्रेमका लागि कुनै खास दिन जरुरी हुन्छ रु वा के प्रेम प्रेमि प्रेमिकाबिच मात्र हुन्छ त रु प्रेम संसारको हरेक वस्तुमा हुन्छ,चाहे त्यो सजिव वा निर्जिव नै किन नहोस । प्रेमबाट वञ्चित यो संसारमा कोही छैनन ।

मलाई लाग्छ यो संसारमा सबैभन्दा बढि परिभााषा गरेर पनि परिभाषित हुन नसकेको शब्द नै सायद प्रेम हो । प्रेम मानिस मानिसको बिचमा मात्र नभई मानिस र चराचुरुङ्गी देखि सबै प्रकारका जन्तु र जनावर बिच रहेको देखिन्छ । प्रेम त्यो हो जुन गायकले आफ्नो स्वरसँग गर्छ,प्रेम त्यो हो जुन लेखकले आफ्ना किताबका अक्षरसँग गर्छ,प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई ,त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ कि जबसम्म तिमी छौ म बलिरहेको हुन्छु ।

प्रेम त प्रकृतिमै छ । हाम्रो वरिपरि माटोमा, फूलमा, हावामा, घरमा, पातमा र हजारौं गुनगुनाईने गीतमा छ प्रेम । त्यसैले त भनिन्छ “प” बाट प्रेम,“प” बाट नै प्रकृति र “प” बाट नै परमात्मा । अर्थात परमात्माले बनाएको प्रकृतिको हरेक वस्तुमा प्रेम छ । तर प्रेम शब्द सुन्दा नै हामी के बुझ्छौं त प्रेम भनेको प्रेमि प्रेमिकाले एक अर्कासँग गर्ने माया हो ।

तर वास्तविकतामा प्रेम आमा बुवा, दाजुभाई, दिदि बहिनी, साथीसँगी सबैसँग हुन्छ । जस्तै हामी प्रेमि प्रेमिकासँग मायाको भावनालाई स्विकार गर्छौं त्यहि प्रेम परिवारजनसँग पनि आदान प्रदान गर्नुपर्ने आवश्यकता रहेको मलाई लाग्छ । किनभने आमा भन्दा बढि माया कसले कसलाई गर्न सक्ला त………..?

हुनत म यति विद्धान पनि छुईन कि प्रेमको परिभाषा म दिन सकुँ तर यति थाहा छ कि प्रेम भावनात्मक हुन्छ । तर आधुनिक माया शारीरिक आर्कषनबाट सुरु भई ओछ्यानसम्म गई समाप्त हुन्छ । तर पहिलाको माया आँखादेखि सुरु भई शमसानसम्म पुगिन्थ्यो । अहिले छाडा रुपमा प्रेमको नाममा एउटा गन्दा खेल भईरहेको हुन्छ ।

भावनात्मक नभई शारीरिक मेल हुँदो रहेछ । भ्यालेन्टाईन डेको नाममा होटेलको रुम बुक हुँदो रहेछ । आमाबुवाले कमाएको धनको दुरुपयोग हुँदो रहेछ । स्कुलको बच्चादेखि लिएर कलेजका युवायुवतीहरु भ्यालेन्टाईनलाई फ्याशन डेको रुपमा मनाउन थालेका छन ।

आफ्ना संस्कृतिलाई छाडी पश्चिमा संस्कृतिलाई बढावा दिनमा व्यस्त छन । म यो भन्दिन कि पश्चिमा संस्कृतिलाई हामी नमनाऔं बल्की हामी हरेक संस्कृतिलाई सम्मान र आदरका साथ अपनाऔं तर आफ्नो पनि संस्कृतिलाई जोगाएर । हुन त प्रेम गर्नु पाप होईन तर धोका दिनु पाप हो, कसैको जिवन बर्वाद गर्नु पाप हो ।

हामीले यस्ता धेरै घटना पनि सुनेका छौं,प्रेम स्विकार नगरेमा वा कुनै बाध्यताले छाडेमा केटीमाथि तेजाव छर्किन्छ,बलात्कार गरिन्छ र अन्त्यमा हत्या समेत गरिन्छ । अब आफै सोच्नुस के यो प्रेम हो त ?

आमको प्रेम,परिवारको प्रेमलाई त्यागेर वहाँको मान सम्मानलाई लत्याई अरुसँग घर जोडनु प्रेम हो त रु आफैलाई सवाल गर्नुस त एक पटक । जसलाई माया गरिन्छ उसलाई दुःख,चोट दिईदैन । प्रेम त राधा कृष्ण, सिताराम, रोमियो जुलियट,हिर रान्झा, लैला मज्नु, मुना मदनले गरेका थिए एक अर्कासँग । निस्वार्थ प्रेम,चोखो प्रेम ।

प्रेम गर्नलाई कुनै दिनको आवश्यकता छैन जस्तो मलाई लाग्छ तर अब रोज डे,प्रोपोज डे,चकलेट डे,टेडि डे,प्रा्ेमिस डे,हग डे,किस डे र भ्यालेन्टाईन डे लगायत ८ डेमा विभाजन गरि मनाउने गरिन्छ । अन्त्यमा म के भन्न चाहन्छु कि प्रेम गर्नु पाप होईन तर आफ्नो सभ्यता,परम्परालाई,परिवार र मर्यादालाई ओगटेर बढनु नै बेस हुन्छ कि…………….

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्