Logo
१५ बैशाख २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकाराम वलीले लेखे रबि लामिछानेलाई यस्तो मार्मीक पत्र

प्रिय मित्र रबि लामिछाने ज्यु नमस्कार ।
आज हाम्रो देशबाट इमानदार र असल मान्छेहरु पलायन हुन बाध्य छन् । नेपाललाई माया गरेर समाजमा केहि सकारात्मक काम गर्नेहरु विरुद्ध अनेकौं प्रस्न उठेको छ । लाखौं मान्छेलाई परेको पिडामा मलम लगाउने विरुद्ध चर्चा र परिचर्चा हुन स्वभाविक नै हुन्छ ।

धर्म गर्नेहरुलाई नर्गमा पुराउने समाजको उल्टो बाटोमा छौ । निस्वार्थ भावका साथ समाजको अनेकौं दुखमा मलम लगाउने तपाईंको साहसिक कदम प्रति म सधैं संमान व्यक्त गरिरहने छु । न्याय अधिकार र उदार राहत प्रदान गर्ने असल पात्र तपाईंहरु हजारौं चेलीबेटी विदेश बाट उदार गरि न्याय दिलाउनु भएको छ । तर आज तपाईंलाई कुन रूपमा पारिवारिक कुरामा जोडियो यो बिलकुल गलत विषय हो ।

पारिवारिक कुराको विषय समाधानको अनेकौं बाटोहरु छन् । गरिब दुखीहरुको आवाज बोल्नेूभ्रष्ट,तस्करहरुको पर्दाफास गर्ने त्यो साहसिक कदममा कहिले कमि नहोस् । बरु झन खरो झन् बलियो र झन आटिलो भएर आउनु ।

तपाईं संग अझै ठुलो आसा,भरोसा र अपेक्षाहरु छन् । जिवनमा अनेक दुख र संघर्ष वाकी नै छ । पसिना बेच्न प्रदेश पुगेको युवा युवतीलाई अनेक यातना गृहमा राखिन्छ, उदार गर्न रबि लामिछाने चाहिने हो भन्ने धेरै बिरोध होइन बरु सकारात्मक आलोचना र अझै ठूलो सामाजिक कामको अपेक्षा गर्नुपर्छ ।

मन्दिरमा पुज्ने मुर्ति मनोबल बढाउनको लागी पुजा गरिन्छ । तर असल मुर्ती अन्याय परेकाहरुको आसु पुछ्दै न्याय दिलाउन सयोग पुरानेलाई मानिन्छ, भन्ने त्यहीँ नै पीडितको भगवान हो । अझै धेरै सामाजिक कामको अपेक्षा सहित हृदय देखी संमान ।।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्