Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमरेडको समाजवादले भ्रष्टाचार आउने भयो !

कमरेडको समाजवाद राम्रो संग देखियो । सिद्धन्त कम्युनिस्टको बोकेर त्यहीँ राजाहरुले बनाएको सरचना भित्र रसपस खान बानीपरेका लोभीपापीहरु जनतालाई अधिकारको निकै पाठ पडाउने कमरेडहरु ।

वाइडबडी प्रकरण मात्र होइन सुन कान्डमा गोरेलाई गुनगाम बनाइयो । राजदरबार हत्या पुरै सिधियो । दासढुंगा हत्या छानबिन नै हुँदैन । अनि कमरेडको समाजवादले भुकम्पको बेला भुकम्प पीडितलाई बाडेको जस्तापाताको त छानबिन गर्न सक्दैन ।

हामीले बाँच्नको लागी प्रत्येक चिजमा कर तिरेका छौ । १२ घन्टा अरुको काम गरेको वापत पनि कर तिर्नुपर्छ । छोरा छोरी स्कुल पढाएको वापत कर तिर्नुपर्ने । जिवनमा बाँच्नको लागी चाहिने सबै चिज किन्दा प्रत्येक पाइला कर तिरेर बाँच्दा पनि । हाम्रो प्रतिनिधित्व गर्ने मन्त्री ज्युहरुलाई पुगेको छैन ।

१. छोरा छोरी अमेरिका, अस्ट्रेलिया युरोप तिर पढ्न पठाएर पनि पुग्दैन ।
२.हिजो किसान हुँदा गुन्द्रुक र ढिडो भए पनि पुगेकै थियो । झुपडी भए पनि बाँच्नु भएकै थियो । आज सुविधा सम्पन्न महल । सुविधा सम्पन्न गाडी भएर पनि तपाईंहरुलाई बाच्न गाह्रो भएर नै त होला भ्रष्टाचार गर्नु परेको छ । घुसकान्ड मच्चाउन परेकै छ । अनि सामान्य नागरिकलाई आत्महत्या गर्दा पनि कर तिर्नु पर्छ ।

नेपालको संरचना गत्त हिसाबले हेर्ने हो भन्ने कहाँ छ बिना घुस, बिना भ्रस्टाचार चल्ने ठाउँ कहाँ छ ? कुनै पनि देश बिग्रेको छ भन्ने त्यो भ्रष्टाचार र घुसखोरी पालेर बिग्रेको छ । कुनै पनि देश बनेको छ भन्ने भ्रष्टाचार,घुसखोरी फालेर बनेको छ । यदि भ्रष्टाचार नियन्त्रण भएन राज्यको संरचनाहरु सहि तरिकाले चल्दैन भन्ने सबै ठाउँ नयाँ प्रणाली आवस्यक हुन्छ ।

भ्रष्टाचार र घुसखोरीलाई फासी हुनुपर्छ । सबै संरचना नयाँ निति आवश्यक हुन्छ । सरकारले निति नियम घोषणा मात्र गर्ने होइन मुख्य सवाल कार्यन्वयन गराउने हो । सामान्य नागरिकले न्याय पाएका छन् किन छैनन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । अहिले सामान्य नागरिकहरु दबियाका छन्, हेपिएका छन् । सरकारले नागरिक कै लागी गर्दै छौ भन्ने । पोलमा नयाँ युग आएको छ । तर सत्य त सामान्य मान्छेलाई कलियुग लाएको छ  । जहाँ न्याय मिल्छ त्यहा पनि यहीँ घुसपैठ र भ्रष्टाचार मिल्छ । अनि बिद्रोह किन हुन्छ । अनि युद्ध किन हुन्छ । अनि जनताले किन न्याय खोज्छन् र रोज्छन ? जिम्मेवारी कसको हो ?

विदेश भ्रमण देखी नाता गोता सम्म रमाएकै छौ । आज लोकतन्त्रको पाठ पढाउने पात्रहरुको हातमा केन्द्र देखि स्थानीय स्थर सम्म सरकारको तालाचाबी छ । अघिकारको पाठ सिकाउने पात्रहरु जनताको प्रतिनिधित्व गर्दै केन्द्र देखी स्थानीय स्थर सम्म हातमा जनताको संविधान आयो भनेर मख्ख भै रहनु भएको छ । तर समय बदलियो राजतन्त्रको ठाउँमा लुटतन्त्र । राजाको ठाउँमा झुटतन्त्र रजाइँ गर्नेहरु, कमिसन खानेहरु भ्रष्टाचार र कालोघन कुम्लाउनेहरु,रातारात करोडौं जम्मा गर्नेहरुलाई पोलपोल र तिनका घरमा नयाँ युग सुरुवात भएको छ । जनताको प्रत्येक पाइला कर आएको छ । युवा युवतीको हातमा हरियो पासपोर्ट आएको छ ।

समाजवादको नारा भित्र सुविधा सम्पन्न सेवा पाइयो कमरेड । नेता ज्युहरुलाई आजिवन पुग्ने दानापानी जम्मा गर्नु परे लोकतान्त्रिक व्यवस्था जारी गर्नु पर्यो कमरेड ।  सिमानामा पिलर हराएको छ कमरेडको सरकारलाई चिन्ता छैन । तर आउने ठाउँ पाए एकै रातमा कुम्लाउने । जहिले सम्म पद मिल्दैन तब सम्म खुबै रास्ट्रवादी हुन्छौं । जब पद पाएर लोकतन्त्रको रक्षा गर्ने ठाउँमा हुन्छौं । तब लोकतन्त्रलाई नै किन बेच गर्ने अड्डामा रुपान्तरण हुन्छ । एनजीओ आईएनजियोलाई तोकतन्त्रको आधार मान्ने बर्ग दुस्मन बिस्तारवाद र साम्राज्यवादलाई नजिक मित्र ठान्ने । लुटेरा मोडेलको रास्ट्रवाद सुनकान्ड देखी वाइडबडी कान्ड ।

मदन भन्डारी देखी बिरेन्द्र सम्म सबै हराउने हो । यहाँ विदेश बाट आउने लासमा त ब्यापार चलिरहेको छ । एउटा बलात्कारको घटना त पत्ता लाग्दैन । सबै कारण कानुनी बिभेद संविधानको किनबेच र लोभीपापी राज्य भएर हो । भत्केका र भाँचिएका पुर्वाधारहरुमा त घुसपैठ र भ्रष्टाचार चल्छ । हामीले आफ्नो भविस्य आफै बर्बाद बनाएका छौ । किन कि बैधानिक रुपले ति पात्रहरुलाई त्यो ठाउँमा पुराउन हाम्रो भोट मात्र होइन श्रम,सिप,पसिना र रगत समेत बगाएका छौ । दुई चार जना पात्र नेता र ब्याक्ती राम्रो हुँदैमा देश बन्ने अवस्थामा छैन ।

देश बन्नको लागी भ्रष्टाचार,घुसखोरी र बलात्कारीहरुलाई फासी दिन अनिवार्य छ । यदि भ्रष्टाचार,घुसखोरीलाई फासी हुन्छ भन्ने कसैले हरियो पासपोर्ट र गरिबले अकालमा ज्यान गुमाउनु प्रदैन । भत्केका,भाँचिएका संरचना नयाँ निर्माण पुर्वाधार यहीँ चार बर्ष भित्र पुरा हुनेछ । यदि त्यसो भयो भन्ने नेपालका ईमानदार उधोगीहरुले ठुला ठुला लगानी लगाउने र भित्राउने छन् ।

लाखौं मानिस स्वदेश मै निर्भर बन्ने छन् । विदेशीको मुख ताकेर बस्नु पर्ने छैन । सबै भन्दा ठुलो रोग भ्रष्टाचार र घुसपैठ हो यसको समय मै उपचार भयो भन्ने समृद्ध नेपाल मात्र होइन स्वस्थ नेपाल हुनेछ । अनि नेपालीहरुसंग नै देश विकासको आधुनिक औंजार तयार हुनेछ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्