Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति भारत जाँदै, भारतीय सेनाले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने

काठमाडौँ :  प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।

नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्किने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्