Logo
२६ बैशाख २०८१, बुधबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीको आदेशमा मेलम्चीलाई अलपत्र पारेर भाग्न खोज्ने ठेकेदार र कर्मचारी पक्राउ

काठमाडौ : आजभोली भन्दै वर्षौंदेखि बहुप्रतिक्षीय मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अलपत्र पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनीका प्रतिनिधि र कर्मचारीलाई खानेपानी मन्त्रालयले नियन्त्रणमा लिएको छ ।

मन्त्री वीना मगरको निर्देशनमा काम छोडेर भाग्न लागेको अवस्थामा पक्राउ गरिएको हो । काम छाडेर नेपालबाट बाहिरिन खोजेको सूचनाका आधारमा खानेपानी मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा इटालियन कम्पनी सीएमसीका कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

इटलियन कम्पनी सीएमसीका आयोजनाका परियोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई आइतवार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनीहरूले राति साढे ११ बजे टिकट लिएर भाग्न खोजेका थिए । परियोजना व्यवस्थापक र कर्मचारीलाई नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाइएको र मन्त्रालयले नै कारवाही प्रक्रिया अगाडि बढाएको सिंहले बताए ।

खानेपानी मन्त्रालयले सबैको पासपोर्ट समेत जफत गरेको छ । ठेकेदार कम्पनीले निर्माण कार्यबाट हात झिक्न खोजेपछि बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजना अलपत्र परेको छ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्