Logo
१९ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईपीएलमा भैरहवाकाे कीर्तिमानी जित

काठमाडाै :  एभरेष्ट प्रिमियर लिग  (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवाले कीर्तिमानी जित दर्ता गरेकाे छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय १५ रन बनायो ।

पोखराकाे लागि ओपनर दक्षिण अफ्रिकी खेलाडी लेभीले बिस्पाेटक ब्याटिङ गर्दै ७९ (सात चौका र सात छक्का) रन पारी खेलेका थिए । दोस्रो विकेटका लागि सुनिल धमला र केली कोट्जेरले पनि ७२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए ।

धमलाले ३८ रन बनाए भने केलीले पनि ४७ रनको योगदान गरे । उत्कृष्ट सुरुवात गरेपनि पोखराले अन्तिममा एकपछि अर्को विकेट गुमाउन पुग्यो । जवाफमा भारतीय खेलाडी रवि इन्दर सिंहको विस्फोटक शतकको मद्धतले भैरहवाले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

४८ रन बनाउँदा तीन विकेट खेर फालेको भैरहवाका लागि ओपनर प्रदिप ऐरी १४ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न सकेनन् ।

यस्तै विदेशी खेलाडी रायन टेन डोच्टे १६ रनमा पेभेलियन फर्किए । एक सय ७१ रन बनाउँदा ६ विकेट गुमाएको भैरहवाका लागि आरिफ शेखले २३ रन बनाए भने रवी इन्दर सिंहले शतक बनाए ।

१६ रनमा दुई विकेट झरेको अवस्थामा क्रिजमा आएका रवि इन्दरले ६० बलमा आठ चौका र १० छक्काको मद्दतले एक सय २५ रन बनाए । बलिङमा सुसन भारी, विक्रम सोब र पउल कोउग्लिनले दुई दुई विकेट लिए ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्