Logo
२६ बैशाख २०८१, बुधबार
(November 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ 

वीरगन्ज : टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे ।

वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे ।

पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । कान्तिपूरमा प्रकाशित समाचार अनुशार त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् ।

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन् । कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

प्रकाशित मिति: Nov 18, 2018

प्रतिक्रिया दिनुहोस्