Logo
२६ बैशाख २०८१, बुधबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा जबर्जस्ती यौनसम्पर्क गरेको भन्दै श्रीमानविरुद्ध करणी मुद्दा

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले श्रीमानविरुद्ध जबर्जस्तीकरणी मुद्दा दिएकी छन् । श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै प्रहरीमा मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको जानकारी दिँदै मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको बताइएको छ ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको ओझाको भनाइ छ । उक्त महिलाको श्रीमान् डम्बर जोशीले भने आफ्नी श्रीमतीको गाँउकै अर्कै केटा सँग सम्बन्ध रहेको र उक्त कुरालाई लुकाउन आफू विरुद्ध कानूनी मुद्दा दायर भएको आरोप लगाएका छन् ।

अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ । उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्