Logo
२६ बैशाख २०८१, बुधबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु कामदारका रुपमा माल्दिभ्समा रहेकी एक नेपाली युवतीको मृत्यु

भद्रपुर :  झापाको मेचीनगर नगरपालिका-१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको माल्दिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गएको भदौ २५ गते मृत्यु भएको बुवा नकुल राजवंशीले जानकारी दिए ।

सङ्गीताको शव शनिबार बिहान घर ल्याएर स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतकका मामा राजकुमार राजवंशीले बताए ।

माल्दिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो ।सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि माल्दिभ्स गएकी थिइन् । रासस

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्