Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश एकको रिसोर्टमा बन्ने भयो पहिलो जहाज म्युजियम

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पर्यटकीय स्थल गोकुलमले हवाईजहाज भित्राएको छ । एक निजी कम्पनीको ग्राउण्डेड जहाज रिसोर्टमा म्युजियमका लागि भित्राएको रिसोर्ट सञ्चालक गिरिश दङ्गालले जानकारी दिए । रिसोर्टको एक महत्वपूर्ण भागको रूपमा विकास गर्ने उद्धेश्य बमोजिम सो जहाज ल्याइएको सञ्चालकले बताए । गोकुलममा थुप्रै आकर्षण रहेका मध्ये अबको थप आर्कषण जहाज हुने सञ्चालक दङ्गालले भनाइ छ ।

पछिल्लो समय काठमाडौंको सिनामङ्गलमा पनि जहाजको म्युजियम सञ्चालनमा आएको छ । गोकुलम शुरु हुने जहाजमा म्युजियम प्रदेश कै पहिलो जहाज म्युजियम हुने भएको छ । रिसोर्टले दशैं अगाडि नै जहाजभित्रको म्युजियम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

गोकुलम रिसोर्टमा सञ्चालनमा आएका फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिर लगायत बालबालिकादेखि वृद्धसम्मलाई समेट्ने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन् ।

२०७२ सालमा गएको बिनाशकारी भूकम्पले काठमाडौंमा रहेको ९ तले धरहरा ढलेपछि अहिलेसम्म उठ्न सकेको छैन । काठमाडौंको धरहरा ढलेपनि गोकुलम रिसोर्टमा धरहरा ठ्डयाईएको छ । धरहरा हेर्न आउनेको घुँईचो पनि गोकुलममा लागेको छ । धरहरा निर्माण गरिएपछि गोकुलम आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईचो बढेको छ ।

बालबालिकाको लागि फनपार्क मात्र नभएर रिसोर्टमा वृद्धवृद्धाहरुका लागी मन्दिर समेत निर्माण गरिएको छ । रिसोर्टमा घोडचढी गर्नेहरुका लागी घोडाको व्यवस्था गरिएको छ भने नेपालमा नपाईने उँट समेत आकर्षणका रुपमा पहिलोपटक रिसोर्टमा भित्राइएको छ ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्