Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँदा-जाँदै मोदीले गरे नेपालीमा ट्विट : “नेपाली दाजुभाइ-दिदीबहिनीहरुको आत्मियताप्रति आभार”

स्वदेश फर्किदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीप्रति आभार प्रकट गरेका छन् । आफ्नो ट्विटर मार्फत नेपालीमा विचार लेख्दै उनलेे आभार व्यक्त गरेका हुन् ।

“मेरो नेपाल भ्रमणका क्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मियता प्रति म आभार प्रकट गर्दछु ।” उनलेे ट्विटमा लेखेका छन् “यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गहिरो बनाउने छ ।”

लगातार २ ओटा ट्विट लेख्दै उनले नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् । अर्को ट्विटमा उनले लेखेका छन्  “काठमाण्डौमा अद्भूत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गर्नु भएकोमा म नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्