Logo
२६ बैशाख २०८१, बुधबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले अस्पताल पुगी लामिछानेको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्स्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।लामिछाने भक्तपुर क्षेत्र नं १ ख बाट नेकपा एमालेका तर्फबाट विजयी भएका थियो । हाल उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्