Logo
१५ बैशाख २०८१, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दातलाई किराले खान बाट रोक्न के छन् त घरेलु उपचार

काठमाडौँ: एक तथ्यांक अनुसार नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु दातको समस्याबाट ग्रसित छन् ।

हाम्रो मुख भित्र ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ ।

सो एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिएको ठाँउबाट ब्याक्टेरिया दाँतको भित्री भागमा छिर्छ र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।दातलाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् ।

बिशेष गरेर गुलियो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दा गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त अपनाउहोस यी घरेलु उपाय ।

कसरी अपनाउने घरेलु उपाय भिडियोमा हेर्नुहोस ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्