Logo
२६ बैशाख २०८१, बुधबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

लुम्बिनी : लुम्बिनीमा सञ्चालित २ दिने अन्तर्राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

शनिबारबाट सञ्चालित सम्मेलन आइबार सकिएको हो । सम्मेलनमा १३ मुलुकका १८ विज्ञ र विषेशज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा २४ मुलुकका ३ सय विदेशी र सय बढी नेपाली सहभागी थिए ।

लुम्बिनीलाई भगवान गौतम बुद्धको जन्मस्थल, बौद्धधर्म र शान्तिको मुहानका रुपमा प्रवर्द्धन गर्ने र जापानी वास्तुकलाविद् केन्जो टागेले डिजाईन गेको लुम्बिनी गुरुयोजनालाई शान्ति मानवताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्नेलगायत विषय घोषणपत्रमा उल्लेख गरिएको छ ।

लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुणिको अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने र बृह्त्तर लुम्बिनीको पुरातात्विक, सांस्कृतिक, र प्राकृतिक सम्पदालाई एकीकृत रुपमा व्यवस्थापन गरी संरक्षण गर्ने घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै, लुम्बिनीलाई एशियाको बृह्त्तर तीर्थस्थलको रुपमा स्थापना गरी भारतका बोधगया, सारनाथ, कुशीनगर, श्रीलंका, म्यानमार, चीन, बंगलादेश र पाकिस्तानको बौद्ध सम्पदालाई प्रवर्द्धन गर्नेलगायतका विषय घोषणपत्रमा उल्लेख गरिएको छ ।

सम्मेलन समापनमा बोल्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी शान्तिको मुहान भएकाले यस्को पवित्रतालाई विश्वमै फैलाएर महत्व उजागर गर्नु पर्ने बताए ।

विश्वमा अहिंसा र द्वन्द्व बढिरहेकाले बुद्ध शिक्षाबाट सबैले प्रेरणा लिन सके शान्ति र समृद्धि खोज्न अन्यत्र जानु नपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा बौद्ध विद्वान्, अध्येता, भिक्षु, लामा र पुरातत्व, संस्कृतिका अन्वेषक, विशेषज्ञहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्