Logo
२६ बैशाख २०८१, बुधबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमाथी प्रशन उठाउदै प्रचण्डले भने -‘दालमा कुछ काला है’

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकार निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।  भरतपुरको आँपटारीमा आयोजित वनभोज कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका प्रचण्डले हतियारसहित पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न कांग्रेसका जिम्मेवार नेताहरुले नै वक्तब्य निकाल्नुले ‘दालमा कुछ काला है’ भन्ने प्रस्ट भएको बताए ।

माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ । रोल्पा रुकुम जस्ता क्षेत्रमा माओवादी उम्मेदवारमाथि आक्रमण गर्न सरकारले नै निर्वाचन विरोधी शक्तिको प्रयोग हुन सक्ने प्रचण्डको आशंका छ । विचार मिल्ने कम्युष्निट शक्तिहरुवीच एकता र गठवन्धन हुनु सामान्य र सहज भएको भन्दै यसलाई हाउगुजी बनाउनुको साटो कांग्रेसले पनि आफ्नो सुर गरे हुने बताए ।

‘मैले पछिल्ला घटनाबारे एमाले अध्यक्ष केपी ओलीसँग पनि सल्लाह गरेको छु’ प्रचण्डले भने, ‘सबै सचेत नागरिकले यसमा खबरदारी गर्न आवश्यक छ ।’  उनले कांग्रेस नाम मात्रको लोकतन्त्रवादी भएको समेत बताए । उनले अघि भने, ‘खासमा लोकतन्त्रवादी हामी हौं, कांग्रेसले शब्दको गलत प्रयोग गरेको छ ।’

 

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्