Logo
१९ बैशाख २०८१, बुधबार
(May 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो ‘दुस्साहस’ले मेरो करियर उकास्नेछ : नीशा

काठमाडौं : मोडल निशा लिम्बू पोमुको डेब्यु चलचित्र ‘दुस्साहस’ प्रबिधिक कार्यको अन्तिम चरणमा रहेको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।

दिनेश लिङ्देनद्वारा निर्देशित चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको मुख्य अभिनय रहेको छ, भने संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ ।

कार्यक्रममा चलचित्रको कलाकार समेत रहेका निर्देशक उदय सुब्बा, कलाकार दिनेश शर्मालगायतले चलचित्रको बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा अभिनेत्री निशाले डेब्यु चलचित्रबाट धेरै अपेक्षा गरेको बताइन् । उनले भनिन् ‘चलचित्रले मेरो करियरलाई उचाहीमा पुर्याउदै, नायिकाको रुपमा स्थापित गराउनेछ ।’  निर्देशक दिनेशले चलचित्र चाडै दर्शकमाझ ल्याइने बताए ।

 

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्