Logo
१८ बैशाख २०८१, मंगलबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : कलमको बिर्कोको टुप्पोमा ‘प्वाल’ हुनुको यस्तो रहेछ कारण

युगौँदेखि पेनले मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ । महत्वपूर्ण कुराहरु लेख्न प्राय: पेनको प्रयोग गरिन्छ ।
तर, अहिले भने कम्प्युटरका कारण यसको प्रयोग बिस्तारै घट्दै गएको छ ।

तर के तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायः पेनको बिर्कोमा अर्थात् टुप्पोमा एउटा प्वाल किन हुन्छ ? आउनुहोस् आज हामी यसबारे जानकारी दिन गइरहेका छौँ ।

एक अवधारणाअनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो भनाइलाई नमान्न पनि सकिन्छ, किनकी यो तथ्य मसी सुक्ने र नसुक्नेसँग मात्र सम्बन्धित छ ।

यस सम्बन्धित अर्को अवधारणा पनि रहिआएको छ, प्वालले पेन बन्द हुँदा र खुल्दा हावा सञ्चालन गराउँदछ र मसीलाई सामान्य अवस्थामा ल्याउँछ । यो सब बिर्को खुल्ने र बन्द हुने पेनका लागि मान्य हुन्छ । घुमाएर बन्द हुने पेनका लागि भने यो मान्य हुँदैन ।

पेनको टुप्पोमा प्वाल किन राखिएको भन्ने विषयमा अनेकन धारणाहरु भएतापनि यसको मुख्य कारण भने भिन्न रहेको छ ।

यो हो मुख्य कारण :

खासगरी बच्चा तथा अरु मानिसहरु पेन मुखमा हाल्ने बानीका कारण त्यसले मुखमा घोचेर असर गर्छ अथवा घातक हुनसक्छ । यदि मुखमा हाल्ने बानीका कारण झुक्किएर निलेमा त्यसमा हुने प्वालका कारण हावा बहन राम्रोसँग हुन्छ र भारी असर गर्दैन अन्यथा मानिसको ज्यान पनि जान सक्छ । त्यसका साथै त्यसमा हुने मसी बाहिर नआओस् भन्नका लागि पेनको ढकनीमा प्वाल राख्ने प्रचलन छ ।

यसैकारण पेन बनाउने कम्पनीहरुले पेनको बिर्कोको टुप्पोमा प्वाल राख्दै आएका छन् । जसकारण कोही बच्चाले भुलेर निलेमा केहीहदसम्म भएपनि खतरा कम हुनेछ । अहिले भने पेनको दुबै भागमा प्वाल राख्ने गरिएको छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्