Logo
१८ बैशाख २०८१, मंगलबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्धविच्छेद

मुम्बई :  बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लगाएका छन् । उनीहरुबीच सम्बन्धविच्छेद भएको हो ।

दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका छन् । दीयाले सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिँदै आफ्नो वैवाहिक जीवन टुंगिएको घोषणा गरेकी हुन् ।

विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थिएन । तर एकाएक डिभोर्सको घोषणा भएपछि समर्थक अचम्मित बनेका छन् ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्