क्रिकेट रंगशाला निर्माण धुर्मुस-सुन्तली फाउण्डेसनले गर्ने भयो पुन सुचारु
चितवन : केही समय अघिदेखि स्थगित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण धुर्मुस-सुन्तली फाउण्डेसनले पुन सुचारु गर्ने भएको छ ।
निर्माणको नेतृत्व गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माणमा प्रतिबद्धता जनाएसँगै रोकिएको निर्माणका काम पुनः सुरु हुने भएको हो। फाउण्डेसनले बिहीबार विज्ञप्ति जारी गरी निर्माणकार्य चाँडै सुरु हुने जनाएको छ।
रंगशाला निर्माणका लागि चितवनमा बनेको ५ हजार १ सदस्यीय सर्वपक्षीय सहयोगक समितिले स्थगित भएको निर्माण कार्य पुनः सुचारु गर्न पटकपटक आव्हान गरेको थियो। समितिले रंगशाला निमार्णका लागि सहयोग संकलन भइरहेको र सबैपक्षबाट अनुकूल वातावरण बनेको भन्दै फाउण्डेसनलाई पटकपटक आव्हान गर्दैआएको थियो।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरोकारवाला सबै पक्षले पुनः सुरु गर्न आव्हान गरेकाले काममा फर्कने निर्णय गरिएको उल्लेख छ। रंगशाला निर्माणस्थलको तारबार असन्तुष्ट केही स्थानीयले भत्काएपछि सुरक्षाको कारण देखाउँदै फाउण्डेसनले निर्माण स्थगित गरेको थियो।
’हिजो जे जस्तो भए पनि आगामि दिनमा नदोहोरिने विश्वाससमेत व्यक्त गरेका छौँ’, अध्यक्ष सीताराम कट्टेलले भनेका छन्,’फाउण्डेसनको तर्फबाट राष्ट्रको गौरवको आयोजना सम्पन्न गराउन सबै नेपालीलाई आव्हान गर्दछौँ ।’ रंगशाला निर्माणका लागि चितवनमा बनेको ५ हजार १ सदस्यीय सर्वपक्षीय सहयोगक समितिले स्थगित भएको निर्माण कार्य पुन: सुचारु गर्न पटकपटक आव्हान गरेको थियो ।
समितिले रंगशाला निमार्णका लागि सहयोग संकलन भइरहेको र सबैपक्षबाट अनुकूल वातावरण बनेको भन्दै फाउण्डेसनलाई पटकपटक आव्हान गर्दैआएको थियो ।