भारतको शारदा नहरमा बस खस्दा ३२ नेपालीको सकुसल उद्धार
लखनउ : भारत उत्तर प्रदेशको कोतवाली क्षेत्रस्थित शारदा नहरमा बुधवार एउटा यात्रु बस खस्दा ३२ नेपालीको सकुसल उद्धार भएको छ ।
सिमलाबाट नेपालतर्फ गइरहेको उक्त बस नहरमा खसेको हो ।
डुबेका ३२ जना सबै सकुसल नै रहेको शारदानगर पुलिस चौकीले जनाएको छ । यात्रुहरुलार्य सामान्य चोट लागेको छ । उपचार पछि सबै यात्रु नेपाल पठाइसकेको बताइएको छ ।