Logo
१८ बैशाख २०८१, मंगलबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालभित्र गोली हानाहान हुँदा ५ को मृत्यु, ७ जना घाइते

सांकेतिक तस्बिर

पाकिस्तानको पञ्जाब प्रान्तमा एक अस्पतालभित्र २ समूहबीच झडप भएको छ । उक्त घटना स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा भएको हो जसमा ५ जनाको मृत्युको खबर बाहिरिएको छ ।

सोमबार अबेर राति जिल्ला अस्पतालमा २ समूहबीच भनाभन भएको थियो । त्यो विवादले उग्र रुप लिँदा २ समूहका सदस्यबीच गोली हानाहान हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली हानाहानमा घाइते भएका १ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको स्थानीय प्रहरीद्वारा जनाइएको छ । त्यसैगरी झडपमा ७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्